arrow

कांग्रेस नेताको दुर्घटनामा निधन, पौडेल मर्माहत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
ramchandra-poudel-final.jpg

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सवारी दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । शोक वक्तव्य जारी गर्दै उनले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । 

शुक्लागण्डकी नगरपालिका–८ निवासी कांग्रेसका पूर्वजिल्ला सदस्य एवं प्रजातन्त्र सेनानी रुद्रबहादुर सेन, कांग्रेसका क्रियाशील सदस्य लक्ष्मी खाँण र ओमप्रकाश गुरुङको निधनबाट आफू अत्यन्तै मर्माहत भएको उल्लेख गर्दै नेता पौडेलले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 

यसैगरी कांग्रेस तनहुँ क्षेत्र नम्बर २ ले पनि उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग२ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग३च ६०१२ नम्बरको टाटासुमो एकापसमा ठोक्किँदा टाटासुमोमा सवार तीनै जनाको ज्यान गएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ