arrow

मध्यरातदेखि संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
Parliament_building-1619601493.png

काठमाडौं । सरकारले स‌ंघीय संसद् चालु १०औँ अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले मंगलबार मध्यराति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । हालै संसद् बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गरेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ