arrow

कांग्रेसको जागरण अभियान गाउँ–गाउँसम्म पुर्‍याउन पत्रकारको भूमिका महत्वपूर्ण : केन्द्रीय सदस्य शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
congress-kaski-press-uniion-ajayababu.jpg

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेसको जागरण अभियानलाई गाउँ गाउँसम्म पुर्याउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै शिवाकोटीले प्रविधिको प्रयोगसँगै संचार क्षेत्रलाई पार्टीले सँगसँगै लैजानुपर्ने बताए । 

युनियनका निवर्तमान महासचिवसमेत रहेका शिवाकोटीले युनियनको महाधिवेशन घोषणा भइसकेकोले पार्टीको नियम, कानून र परिधिमा रहेर काम गर्नुपर्ने बताए । उनले पार्टीले अमेरिकी सहयोग एमसीसीसँगै चिनियाँ सहयोग बीआरआर्ई पनि स्वीकार्ने बताए । 

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले पत्रकारिताको मर्मका आधारमा कलम चलाउनुपर्ने बताए । उनले कांग्रेसलाई समर्थन गर्छु भन्दैमा कांग्रेसकै पक्षमा लेख्नुपर्छ भन्ने नभइ पत्रकारिताको आचारसंहिता जे हो सोही अनुसार कलम चलाउनुपर्ने सुझाव दिए । 

युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस कास्कीका जिल्ला सचिव भानु ढकाल, सहसचिव शंकर ढुंगाना, युनियनका सल्लाहकार गंगाधर पराजुली, राजबहादुर गुरुङ, शिरोमणि बराल, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सना पंगेनी, पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, युनियनका केन्द्रीय सदस्य टंकराज अधिकारी, अर्का केन्द्रीय सदस्य ऋषिकान्त पौडेल, युनियन कास्की सचिव प्रदीप पौडेल, पत्रकार बासुदेव मिश्र, कमल पौडेल अथक, विजय लम्साल, हरि पन्त लगायतले बोलेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ