arrow

देउजाद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
deujas.JPG

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घको आज र भोलि हुने १२औं अधिवेशनमा महासङ्घका पूर्व महासचिव रामशरण देउजाले उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै देउजाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै देउजाले विकराल समस्याको बीच निर्माण व्यवसायी रुमलिएको भन्दै उद्योगका समस्यालाई सम्बन्धित निकायमा पुर्‍याउनको लागि आफुले उम्मेदवारी दिन लागेको बताए । 

उनले भने,‘निर्माण व्यवसायमा विकराल समस्या छन्, समस्यामा रुमलिएको उद्योगका समस्यालाई सम्बन्धित निकायमा पुर्‍याएर निर्माण उद्योगीहरूलाई पुर्वः ताजगी गराउन मैले उम्मेदवारी दिन लागेको हो ।’ पुर्वअध्यक्षसहित सर्वसम्मत प्रयास रहेसम्म आफू र आफ्नो उम्मेदवारी बाधक नहुने पनि उनले स्पष्ट पारेका छन् । 

आफूले अप्रत्यक्ष रूपले २०४३ र प्रत्यक्ष रूपले २०४७ सालदेखि निर्माण व्यवसायीको रूपमा निरन्तर संलग्न रहेको पनि देउजाले उल्लेख गरे । स्वः अध्यक्ष सरद गौचन र आफू महासचिव हुँदा साना व्यवसायीको हितको लागि काम गर्ने सिलसिलामा २ करोड सम्मको निर्माण कार्यहरूमा कुनै पनि योग्यता नचाहिने नियम संशोधन गर्न सफल देउजाले जिकिर गरे । 

उनले लामो समयदेखि आफुले आर्जन गरेको अनुभवको आधारमा महासङ्घलाई अगाडी बढाउने समेत प्रतिबद्धता व्यक्त गरे । महासचिव हुँदा पनि साना व्यवसायीहरूको समस्यामा आफू केन्द्रित भएको र उनीहरूको हकहितको लागि काम गर्दै आएको सुनाउँदै अध्यक्षमा निर्वाचित भएमा यसलाई निरन्तरता दिने स्पष्ट पारे । 

उनले अहिले समग्र निर्माण उद्योग अस्वच्छ अविश्वसनीय दररेट कबोल गर्ने प्रतिस्पर्धामा रुमलिएको भन्दै दुःख प्रकट गरे । उनले भने,‘अविश्वसनीय दररेट कबोल गर्ने गरेको कारण अस्वच्छ प्रतिस्पर्धाले निर्माण उद्योगमा प्रश्रय पाएको छ यसलाई हटाउनुपर्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ