प्रधानमन्त्री देउवा व्यस्त, पदाधिकारीहरुको उपस्थितिमा कांग्रेसको पत्रकार सम्मेलन
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २५ बुधबार
956
Shares
तस्बिर– फाइल
काठमाडौं । नेपाली कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछ । कांग्रेस मुख्यालय सानेपा वीपीनगरमा पत्रकार सम्मेलन हुन लागेको हो । पत्रकार सम्मेलन दिउँसो ३ बजे हुनेछ ।
उक्त पत्रकार सम्मेलनमा स्थानीय तहको निर्वाचनमा पार्टीले गर्न लागेको चुनावी अभियानका बारेमा जानकारी दिइने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नै पत्रकार सम्मेलन गर्ने जनाइएको भए पनि उनको कार्यव्यस्तताका कारणले कांग्रेसका अन्य पदाधिकारीको उपस्थितिमा पत्रकार सम्मेलन हुनेछ ।
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै गर्दा कांग्रेस केन्द्रीय सदस्यहरु जिल्ला दौडमा हुनेछन् ।
कांग्रेसले यही फागुन २९ गतेदेखि ‘घर–घर जाऔं कांग्रेस जिताऔं’ एक महिने अभियान शुरु गर्दैछ ।
निर्वाचन अभियानमा कांग्रेस केन्द्रीय सदस्यहरुलाई जिल्लाको जिम्मा [विवरणसहित]