सुरुङ्गामा नोबेलको दुई दिने निःशुल्क स्वास्थ्य शिविर, उल्लेख्य सहभागीता
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २५ बुधबार
1k
Shares
झापा । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । कनकाई नगरपालिकासँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले दुई दिने शिविर सञ्चालन गरेको हो ।
कनकाई माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरको पहिलो दिन मंगलबार १०५३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उपचारका लागि शिविरमा आएका १८९ जनाको रक्त परीक्षण, १७८ जनाको भिडियो एक्सरे र ९७ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
त्यस्तै दाँतमा समस्या भएका ३२ जनाको दाँत खोलिएको छ । शिविर बुधवार पनि जारी रहने आयोजकले जनाएको छ । नोबेलले शुक्रबार सुनसरीको गढी गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेर ७५३ जना बिरामीको निःशुल्क उपचार गरेको थियो ।
ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरेर नोबेलले पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।