arrow

नोबेल मेडिकल कलेजका गौरव सिंह साउद एमबीबीएसमा केयूकै उत्कृष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
gaurav-singh-dr-nobel.jpg

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय अन्तर्गतको एमबीबीएस कार्यक्रममा सबैभन्दा उत्कृष्ट नतिजा ल्याएर नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका गौरव सिंह साउद स्वर्ण पदक विजेता भएका छन् । 

बुधबार सम्पन्न काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहमा उनलाई उपकुलपति स्वर्ण पदक प्रदान गरिएको हो । सन् २०१८ ब्याचका डा. गौरव सिंह साउदले ८५.४७ प्रतिशत सहित काठमाडौँ विश्वविद्यालय अन्तर्गतका सबै मेडिकल कलेजहरुमध्ये सबैभन्दा उत्कृष्ट नतिजा ल्याएका हुन् । 

दीक्षान्त समारोहमा केयूकी कुलपति एवं प्रधानमन्त्री सुशीला कार्की तथा उपकुलपति प्राडा अच्युतप्रसाद वाग्लेले उनलाई डिग्री तथा उपकुलपति स्वर्ण पदक प्रदान गरे । काठमाडौँ विश्वविद्यालयले वार्षिक दुई चरणमा गर्न थालेको दीक्षान्त समारोहमा यो वर्षको पहिलो दीक्षान्त समारोहमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलबाट एमडीएमएसतर्फ ७ जना, एमबीबीएसतर्फ ६६ जना र बीडीएसतर्फ ८ जना दीक्षित भएका छन् । 

नोबेलमा पहिलो पटक शुरू भएको मास्टर्स इन मेडिकल रिसर्चका ४ जना विद्यार्थीहरु पनि शतप्रतिशत नतिजासहित दीक्षित भएका छन् । 

यसअघि पनि नोबेलका विद्यार्थीहरुले उत्कृष्ट नतिजासहित एमबीबीएस कार्यक्रममा उपकुलपति स्वर्ण पदक हासिल गर्न सफल भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ