arrow

प्रतिनिधि सभा बैठक बस्दै, प्रतिपक्षको अवरोध हट्ने सम्भावना रहेन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
Parliament_building-1619601493.png
तस्बिर– फाइल

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी संसद सचिवालयले  बैठकका सम्भावित कार्यसूची सार्वजनिकसमेत गरेको छ । 

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । 

संसद बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उक्त बैठकबाट थप कार्यक्रम तय हुन सक्नेछन् ।  

यो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध कायमै रहने छ । सत्ताधारी गठबन्धनले संसद खुलाउन पहल गर्न सकेको छैन । एमालेले पनि आफू नेतृत्वको सरकार हटेपछि अहिलेको गठबन्धनलाई मानेको छैन । 

उनले आफूले हटाएका १४ सांसदलाई कारबाही वा सभामुख सापकोटाको राजीनामा मागेको छ । सभामुखले भने यो विषय अदालतमा पेश भएकाले अदालतमा विचाराधीन मुद्दामा आफूले केही गर्न नसक्ने प्रतिक्रिया दिइरहेका छन् । 

एमालेले गत भदौ २३ गतेदेखि लगातार संसद् अवरोध गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ