arrow

उपसभामुख र उपाध्यक्ष दुवै पद रिक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
parliament_of_nepal.png

काठमाडौं । संघीय संसद अन्तर्गतका प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षसहित दुवै पद रिक्त हुन पुगेका छन् । तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि पदपूर्ति हुन नसकिरहेका बेला राष्ट्रियसभा उपाध्यक्ष सशीकला दाहालको चार वर्षे पदावधि २० फागुनमा स्वतः सकिएकाले दुबै पद रिक्त हुन पुगेका हुन् ।

‘यौन प्रकरण’ मामिलामा मुछिँदा तत्कालीन सभामुख कृष्णबहादुर महराले नैतिकताका आधारमा राजीनामा दिएपछि तुम्वाहाम्फेले सभामुख हुने इच्छा प्रकट गरे पनि तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सत्ता गठबन्धनमा देखा परेको असमञ्जस्यका कारण सो पद प्राप्त गर्न सकेकी थिइनन् ।

एउटै पार्टीको सभामुख र उपसभामुख हुन नसक्ने संवैधानिक व्यवस्थाका कारणले समेत  सभामुखमा इच्छुक तुम्वाहाम्फेलाई अन्ततः संघीयमन्त्री बनाउने सर्तमा राजीनामा दिन लगाइएको थियो ।

दुई वर्षअघि नै उनले सो राजीनामा दिएको भए पनि संघीय संसदका राजनीतिक दलबीच सहमति हुन नसक्दा सो पद रिक्त हुँदै आएको थियो ।

उपसभामुख पद दुई वर्षदेखि रिक्त भइरहेका बेला आजबाट राष्ट्रियसभा उपाध्यक्षको पद पनि रिक्त हुन लागेको हो । राष्ट्रियसभाका नवनिर्वाचित सांसदले गोलाप्रथामार्फत आफ्नो कार्यकाल चयन गर्नुपर्ने संवैधानिक बाध्यताका कारण ४ असार २०७५ मा भएको ‘निर्वाचन प्रक्रिया’ को क्रममा उपाध्यक्ष दाहालले चार वर्षे कार्यकाल चयन गरेकी थिइन् ।

उपाध्यक्ष दाहालले चिठ्ठामार्फत् चयन गरेको कार्यकाल आजै अर्थात् २० फागुनमा सकिने भएपछि सो पद स्वतः रिक्त हुन लागेको हो । उनीसँगै आजैबाट २० सांसदको पद पनि स्वतः रिक्त हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ