arrow

शुरु हुनासाथ स्थगित भयो संसद बैठक, अब आइतबार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
parliament-house.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । आज बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७–०७८ पेस गरिएको छ । 

एमाले सांसदको नाराबाजीकाबीच सो प्रतिवेदन पेस गरिएको थियो । तत् पश्चात सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेको जानकारी दिए । 

एमालेले आफू सरकारबाट हटेदेखि निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ । आइतबार मात्रै एमालेको अवरोध (तर एमालेका सांसद भीम रावलले प्रत्यक्ष सहभागीता जनाएको एमसीसीको पारित गर्ने समय) बीच एमसीसी पारित भएको थियो । 

एमालेले संसद अवरुद्ध गर्दै आए पनि मंगलबार मात्रै आफूहरुलाई सहभागी हुने वातावरण नबनाइएको भन्ने आपत्ति जनाएको थियो । उसले सभामुख सापकोटालाई आरोपसमेत लगाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ