arrow

एनसेलको नयाँ अल टाइम डेटा प्याक, साथै बढ्यो नन्स्टप यूट्युब डेटा प्याकको भोलुम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
ncell.png
फाइल तस्बिर

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहककालागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै नन्स्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको छ । 
 
नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समय सीमा रहेको ५ जीवी अल टाइम डेटा ग्राहकले कर सहित मात्र रु १२५ मा सुचारु गर्न सक्छन् । त्यस्तै नन्स्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु १४७ मा ७ दिनको समय सीमा रहेको ४ जीवी अल टाइम डेटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डेटा र युट्युबमा नन्स्टप पहुँच पाउँछन् । पहिला ग्राहकले यस यूट्युब प्याकमा यही मूल्यमा २ जीवी अल टाइम डेटा पाउँदै आएका थिए अब यो भोलुम बढेर ४ जीवी भएको छ ।

मात्र रु १२५ मा ७ दिनको समय सीमा भएको ५ जीवी अल टाइम डेटा
४ जीवी अल टाइम डेटा, भाइबर चलाउन ५०० एमबी डेटा र नन्स्टप नन्स्टप युट्युबको अब मात्र रु १४७ 
 
यी प्याकहरू आज मङ्गलवार (फागुन १७) बाट सञ्चालनमा ल्याइएका हुन् । ग्राहकले एष्ट्रिक्स१७१२३ह्यास डायल गरी नयाँ ५ जीवी अल टाइम डेटा प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले नन्स्टप युट्युबसँग बन्डल गरिएको ४ जीवी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स१७१२३ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्छन् ।
 
ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरू खरिद गर्न सक्छन् । यी प्याकहरू सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ । 
 
डेटा प्याक अन्तर्गत नयाँ अल टाइम डेटा प्याक र नन्स्टप युट्युब प्याकमा पुरानै मूल्यमा दोब्बर अल टाइम डेटा सहित भाइबर म्यासेजिङ्का लागि छुट्टै डेटाले ग्राहकलाई थप मूल्य प्रदान गर्दै कुनै पनि समय सम्पर्कमा रही रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ