arrow

संसद बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ । गत आइतबार सदनबाट अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७–७८’ पेस गर्ने छन् । 

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ