रुसी सेना घुस्न नदिन युक्रेनले राजधानी छिर्ने पुल उडायो
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
1.1k
Shares
काठमाडौं । रुसी सेनाले युक्रेनको राजधानी किभतर्फ घुस्ने प्रयास शुरु गरेसँगै युक्रेनले थप सतर्कता अपनाउन थालेको छ ।
शुक्रबार युक्रेनको रक्षा मन्त्रालयले रुसी सेनाको प्रवेशलाई कठिन बनाउन राजधानीतर्फ आउने पुल उडाएको जनाएको छ ।
सीएनएनका अनुसार किभबाट करिब ५० किलोमिटर उत्तर इभान्किभ स्थित टेटेरिभ नदीको पुललाई हवाई आक्रमण गरी उडाइएको हो ।
यद्यपि, अमेरिकी अधिकारीहरू अनुसार शुक्रवार बिहान रुसी सेनाहरू बेलारुस सीमाबाट युक्रेनको राजधानी प्रवेश गर्न ३२ किलोमिटरको दुरीमा रहेका छन् ।
बिहीबारदेखि युक्रेनमा आक्रमण गरेको रुसले शुक्रवार पनि निरन्तर सैन्य घुसपैठ जारी राखेको छ । युक्रेनले १३७ जना सैनिक र सर्वसाधारणले ज्यान गुमाएको जनाएको छ । यस्तै ८०० रुसी सेनाको ज्यान लिएको युक्रेनी दाबी छ, यद्यपि, यो कुराको पुष्टि भने हुन सकेको छैन ।