arrow

बहुप्रतिभाका धनी कलाकार लामाको निधनले कांग्रेस स्तब्ध 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
nepali-congress-flag-tree00.jpg

काठमाडौं । नेपाली कांग्रेसले बहुप्रतिभाका धनी कलाकार जयनन्द लामाको निधनप्रति गहिरो दुःख ब्यक्त गरेको छ । नेपाली लोकगीत संगीत, चलचित्र क्षेत्रका ख्याति प्राप्त सर्जक तथा कलाकार जयनन्द लामाको आज भएको असामयिक निधनप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको हो । 

प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले भनेको छ, ‘नेपालको सांस्कृतिक क्षेत्रको श्रीवृद्धिमा उहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । उहाँको निधनबाट मुलुकले एक अग्रज कलाकारलाई गुमाएको छ ।’

कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार एवं लोकगायक जयनन्द लामाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । उनको निधनबाट मुलुकले गीत संगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधकलाई गुमाएको पनि देउवाले भनेका छन् । 

लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ