arrow

बालाजुमा दुई जनालाई किचेर भागेका चालक धादिङमा समातिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ६ शुक्रबार
nepal-police12.jpg

काठमाडौं । काठमाडौंको बालाजुमा दुर्घटना गरी फरार भएका चालक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१६ गङ्गाहल नजिक सडकमा बिहीबार बिहान सवारी दुर्घटना गरी फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका-४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई आज धादिङवेशीबाट पक्राउ गरिएको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजुमा दुर्घटना गरी फरार रहेको सवारीसाधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा पक्राउ गरिएको जानकारी दिए । 

बागमती प्रदेश ०१-००५ ख ९३१४ नम्बरको धादिङ-काठमाडौं रुटमा चल्ने बसको ठक्करबाट काठमाडौं तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने रसुवा कालिका गाउँपालिका-५ घर भएका १८ वर्षीय विकास तामाङ र काठमाडौं महानगरपालिका-१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गामाया थापाको मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर भएका उनीहरुको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख गौतम मिश्रले जानकारी दिए । घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको मिश्रले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ