arrow

नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
nakkalinotes.jpg

काठमाडौं । काठमाडौँ महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोकबाट रु एक हजार दरका २९४ थान नक्कली नेपाली नोटसहित चार जना पक्राउ परेका छन् । 

राजधानीको नयाँ बजारमा बसोबास गर्दै आएका रौतहट गौर नगरपालिका-१२ का पृथ्वीप्रसाद साह र वडा नं-९ निवासी महमदशम्साद आलम, राजपुर नगरपालिका-३ का मोहम्मदमुसरफ अली र सोही नगरपालिका-६ का असरफअली सइदलाई नक्कली नोटसहित बुधबार पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतबाट हिरासतमा राखेर थप अनुसन्धानको अनुमति लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

यसैगरी काठमाडौँ महानगरपालिका-१५ डल्लु पुल नजिकबाट चार थान ढलौटको मूर्तिहरुसहित दुई जनालाई पक्राउ गरिएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-५ ढाडे र रसुवा गोसाईंकुण्ड नगरपालिका-५ का किशोर मूर्ति चोरीको अभियोगमा पक्राउ परेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ