arrow

विभिन्न स्थानमा शङ्कास्पद वस्तु राख्ने ९ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
nepal-police12.jpg

झापा । झापा जिल्लाका विभिन्न स्थानहरूमा शङ्कास्पद वस्तुहरू राख्ने कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-२ ठेगाना भएका ३८ वर्षीय सुमन कुमार कार्की, कनकाई नगरपालिका-३ ठेगाना भएका ४१ वर्षीय भीष्म थापा, दमक नगरपालिका-९ चियादोकान चोक ठेगाना भएका ५० वर्षीया देवी बास्कोटा(गुरागाईँ), कनकाई नगरपालिका-३ ठेगाना भएका ५८ वर्षीय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी नगरपालिका-१ ठेगाना भएका ३२ वर्षीय सरूण लिम्बु भन्ने दिलकुमार सामेखाम, गौरीगञ्ज गाउँपालिका-३ ठेगाना भएका ३२ वर्षीय आनन्द भन्ने अनन्त प्रसाद गिरी, गौरादह नगरपालिका-५ ठेगाना भएका ३३ वर्षीय प्रदीप थापा, गौरीगञ्ज गाउँपालिका-३ ठेगाना भएका ४५ वर्षीय विजय कुमार दास हलुवाइ र सङ्खुवासभा खाँदवारि नगरपालिका-१० सित्तलपाटी घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका-६ बस्ने २९ वर्षीय मनमोहन दाहाल रहेका छन् । 

बिर्तामोड नगरपालिका-४ स्थित पश्चिम बस स्टेण्डमा गत माघ ९ गते बम जस्तो देखिने शङ्कास्पद प्रेसर कुकर र “हिमाल सुरक्षा परिषद्” नामको पर्चाहरू फेला परेको तथा माघ १३ गते दमक नगरपालिका-५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शङ्कास्पद बस्तु र पर्चाहरू फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको संयुक्त टोलीले उक्त गतिविधिमा संलग्न उनीहरूलाई विभिन्न कागजात तथा ६ थान मोबाइल सहित पक्राउ गरेको हो । 

उनीहरू उपर विस्फोटक पदार्थ सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत झापाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ