कांग्रेस कार्यसम्पादन समितिका एक दर्जन निर्णय (१० पृष्ठ लामो विज्ञप्तिसहित)
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
1.3k
Shares
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक सकिएको छ । माघ २७ गतेबाट शुरु भएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार सकिएको हो ।
बैठकले एक दर्जन निर्णय गरेको छ । तीसँगै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे धारणा सार्वजनिक भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकले म्याद सकिँदा पनि अधिवेशन गर्न नसकेका १० वटा भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गर्ने निर्णय गरेको छ । भंग भएका भ्रातृसंस्थाको नयाँ तदर्थ समिति बन्नेछ ।
कार्यसमिति भंग भएका भ्रातृ संस्थामा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान संघ र नेपाल प्रजातन्त्र सेनानी संघ रहेका छन् । यस्तै बैठकले नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघको केन्द्रीय समिति पनि भंग गर्ने निर्णय गरेको छ ।
यी हुन् कांग्रेसका १२ निर्णय १० पृष्ठ लामो विज्ञप्तिमा–