काठमाडौं। नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठनहरू विघटन गरेको छ।
सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन विघटन गरेको डा. प्रकाशशरण महतले जानकारी दिए ।