arrow

कांग्रेस कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
congress-karyasampadan-meeting-1st.JPG
फाइल तस्बिर

काठमाडौँ। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज मङ्गलवार बस्दै छ। यसअघि तीन दिन बैठक बसेको थियो। पूर्वनिर्धारित एजेन्डासहित समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न दिउँसो ३ बजे बैठक बस्न लागेको काँग्रेस प्रवक्ता प्रकानशशरण महतले जानकारी दिए।

३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिका ३५ जनाले यसअघिका बैठकमा धारणा राखिसकेका छन्। बाँकीले आजको बैठकमा धारणा राख्नेछन्। नेताहरूको धारणासँगै बैठकमा भएको छलफलका निर्णय सार्वजनिक गरिने काँग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। बैठक आज सकिँदै छ।

काँग्रेसले गत १४ माघमा केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो। सभापतिसहित १३ पदाधिकारी स्वतः कार्यसम्पादन समितिमा रहन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ