arrow

जबराविरुद्धको महाभियोग पारित गर्नलाई ल्याइएको होइन : नेम्वाङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
Subash-chandra-negmang.png
फाइल तस्बिर

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव पारित गर्नलाई ल्याइएको नभएको टिप्पणी गरेका छन्। नेम्वाङले भने,‘यदि पारित गर्न महाभियोग प्रस्ताव ल्याइएको हुन्थ्यो भने प्रतिपक्षसँग छलफल गरिन्थ्यो।’

संसद्मा एमालेको मत बिना महाभियोग पारित हुँदैन भनेर थाहा हुँदाहुँदै कुनै सरसल्लाह नगरीकन छापामार शैलीमा ल्याइएकाले आशङ्का बढाएको उनले बताए । सत्ता गठबन्धनका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । महाभियोग प्रस्ताव पारित हुन संसद्मा दुई तिहाइ मत आवश्यक पर्ने भए पनि सत्ता गठबन्धनसँग त्यो मत छैन।

तर, आफूहरूसँग छलफल नै नगरी ल्याइएको महाभियोग प्रस्ताव स्थानीय तहको चुनाव सार्ने षडयन्त्र हुनसक्ने एमालेको प्रारम्भिक आङ्कलन छ। सरकारले ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ। तर, सत्ता गठबन्धनका घटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बेखुस छन्। 

यी दुई दलले आगामी कात्तिक वा चैतमा स्थानीय तहको चुनाव हुनुपर्ने बताउँदै आएका थिए। ‘स्थानीय तहको निर्वाचन असंवैधानिक छ, कानुनसम्मत छैन भनेर प्रचण्ड र माधव नेपाल बोलिरहेका थिए। उनीहरूले चुनाव कात्तिक र चैतमा लैजानुपर्छ भनिरहेका थिए,’ नेम्वाङले भने, ‘यही उद्देश्य पूरा गर्न महाभियोग ल्याइएको हामीलाई आशङ्का छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ