arrow

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पुन: मंगलबार बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
congress-karyasampadan-samiti-baithak-1st magh27.JPG
फाइल तस्बिर

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बसेको छ। सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बैठक बसेको हो।

माघ २७ गतेदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय 'डिना', सदस्यहरू विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी र एनपी साउँदले आफ्नो धारणा राखेका थिए।

बैठक ३ फागुन मंगलबार बस्नेगरी स्थगित भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ