arrow

कांग्रेसको रोकिएको १६ जिल्ला अधिवेशन फागुन १३ गते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
nc-party-office.png

काठमाडौं । मुलुकमा कोभिड-१९ को कारण रोकिएको नेपाली कांग्रेसको जिल्ला अधिवेशन फागुन १३ गते हुने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत १६ जिल्ला कार्यसमितिको निर्वाचन हुन बाकी छ । कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड अपनाएर अधिवेशन गरिने समितिले जनाइएको छ । 

सप्तरी, सिराहा, धनुषा, महोत्तरी सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर बाँके, कैलाली र अछाम सहित १६ जिल्लाको जिल्ला अधिवेशन हुन बाँकी छ ।  

यसअघि जिल्लाहरूमा  माघ १५ गते अधिवेशन गर्ने निर्णय गरिएको थियो तर कोरोनाका कारण रोकिएको थियो । ६१ जिल्लाको अधिवेशन भने यसअघि नै कांग्रेसले सम्पन्न  गरिसकेको छ।

साथै १६ जिल्लाको महासमिति सदस्य निर्वाचन हुन बाकी भएमा सोही दिन महाधिवेशन प्रतिनिधिबाट महासमिति सदस्यको निर्वाचन गरिने समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ