arrow

एमसीसी पारित गर्ने कांग्रेसको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
congress-karyasampadan-meeting-1st.JPG

काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदद्बारा पारित गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा एमसीसी पारित गर्नुपर्ने विषयमा नेताहरू एकमत देखिएका हुन् । 

यससँगै गठबन्धनको निर्णय नकुरी कांग्रेस एमसीसी पारित गर्नुपर्ने विषयमा अघि बढ्ने भएको हो । बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका डा रामशरण महतले एमसीसी परियोजनाबारे विस्तृतमा चर्चा गरेका थिए । 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संक्षेपमा एमसीसीबारे लिखित सामग्री डा. महतसँग मागेको बैठकमा सहभागी नेता डा. शशांक कोइरालाले बताए । 

‘एमसीसी विद्युत र सडकका लागि हो र यो कुरा हामीले जनमानसमा भन्नुपर्छ भन्दै डा. रामशरण महतले लामो विवरण राख्नु भयो । उहाँले भन्नुभयो कि, यो हामीले लिनुपर्छ । त्यसपछि सभापतिजीले मलाई संक्षेपमा यसबारे लेखेर दिनु, साथीहरूसँग कुरा गर्छु भन्नुभयो’, कोइरालाले भने । 

बैठकमा डा. कोइरालाले गठबन्धनसहित कांग्रेस निर्वाचनमा जान नहुने धारणा पनि राखेका छन् । भ्रातृ र शुभेच्छुक संगठनको महाधिवेशन भने केहीको स्थानीय तह निर्वाचनअघि र केहीको पछि गर्ने कुरा भएको छ । 

गठबन्धनमा आफ्नै ताल
कांग्रेसले शुरुआतदेखि नै एमसीसी पारित गर्नुपर्नेमा जोड दिएको छ । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने फरक चरित्र देखाएको छ । सत्तामा पनि बस्ने र एमसीसी पनि पारित नगर्ने भन्दै नेकपा एस सडकको बाटो नाप्न खोजिरहेको छ । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै पनि दोधारमा छन् । उनले पार्टीमा एकथरि र एमसीसीलाई अर्को थरि विवरण पेश गरेर आलोचित भएका छन् । 

राष्ट्रिय जनमोर्चा पनि आन्दोलित भएको छ । 

जनता समाजवादी पार्टी जसपाले भने पारित गर्नुपर्नेमा नै जोड दिएको छ । 

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पारित गर्नुपर्ने पक्षमा छ । यद्यपि डा. भीम रावल पक्ष भने विरोधमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ