सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको पोर्ताहा र बरमझियाको बीचमा पर्ने महुली पुल ध्वस्त पार्ने गरी अज्ञात समूहले राखेको दुईवटा सिलिन्डर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
आइतबार बिहान पुलमुनि शङ्कास्पद दुईवटा सिलिन्डर बम राजविराजस्थित कृष्ण दल गणबाट गएको नेपाली सेनाले निष्क्रिय पारेको हो । दुईवटा ग्यासको सिलिन्डरलाई बोरामा राखी मट्टीतेल र पेट्रोल छर्केर २५ मिटर डोरीमा आगो लगाई पुलमा क्षति गर्ने उद्देश्यले राखेको अवस्थामा बम फेला परेको थियो ।
सशस्त्र प्रहरी बल दन्तकालीन गण बरमझियादेखि पाँच सय मिटर दक्षिण राजमार्गमा पर्ने मोहली पुलमुनि सिलिन्डर बम फेला परेको थियो ।