उपत्यकामा थपिए ११२३ संक्रमित, संक्रमण दर ३४ प्रतिशत
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
497
Shares
तस्बिर– फाइल
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप ११२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ८६८, भक्तपुरका ८५ र ललितपुरका १७० जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमण दर ३१.४ प्रतिशत देखिएको छ । पीसीआर परीक्षणमा मात्रै संक्रमण दर ३३.९ प्रतिशत देखिएको छ।