arrow

एनसेलको ‘ननस्टप टाइम प्याक’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
ncell.png
फाइल तस्बिर

काठमाडौँ। एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समय सीमा भएका टाइम प्याकहरू लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ जसमा ग्राहकले छोटो समय अर्थात् १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्छन्।

कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात् १ घण्टा समयावधि भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ र आफ्ना ग्राहकलाई उनीहरूको आवश्यकता अनुरूप सेवा उपलब्ध गराउन यी नयाँ थप दुई नयाँ डेटा प्याक ल्याएको हो । आफ्ना अनलाइन गतिविधिहरूका निमित्त निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरूलाई यी प्याकहरू उत्तम विकल्प हुन् ।

यस योजनामा ग्राहकले कर सहित रु १० मा १५ मिनेटको डेटा प्याक पाउँछन् र त्यसै गरी २ घण्टाको डेटा प्याक रु ३० मा लिन सक्छन् । यी प्याकहरू सुचारु रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोबाइल इन्टरनेट सेवा पाउँछन् ।

ग्राहकले सजिलैसँग एष्ट्रिक्स्१७१२३ह्यास डायल गरी वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याकहरू लिन सक्छन् । यदि ग्राहकले प्याकको समयभन्दा बढी डेटा प्रयोग गरेमा कुनै प्याक पहिले नै सुचारु रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डेटा प्रयोगको शुल्क काटिन्छ र त्यस्ता कुनै प्याक सुचारु नरहेको अवस्थामा पे एज यू गोको दर अनुसार डेटा शुल्क लाग्दछ ।

ननस्टप टाइम प्याकहरूले विशेष गरी अनलाइन मार्फत सञ्चार, सूचना आदानप्रदान र डिजिटल कारोबार जस्ता कार्यहरू गर्नका लागि निश्चित समय मोबाइल डेटा चाहिने ग्राहकहरूको सुरक्षित पहुँच सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ । कर सहित रु २२ पाइने १ घण्टाको डेटा प्याक ग्राहकहरूले पहिला देखिनै मन पराउँदै आएका छन् ।

यी टाइम प्याकहरूको समयावधि ग्राहकले प्याक सुचारु गरेको समयको आधारमा गणना गरिन्छ । उदाहरणका लागि, यदि कुनै ग्राहकले १ बजे २ घण्टाको टाइम प्याक खरिद गर्दछ भने उसको प्याक प्रयोगको समय सीमा ३ बजे सम्म मान्य हुन्छ । आफ्नो डेटा कनेक्टिभिटीको आवश्यकता अनुसार, ग्राहकहरूले यी प्याकहरू जति पटक लिन सक्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ