arrow

जनसंगठन समन्वय संयन्त्रको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १५ शनिबार
CPN-UML-Flag.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को जनसंगठन समन्वय संयन्त्रको बैठक दिउँसो बस्ने भएको छ । भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा कोभिड रोकथामको सतर्कता अपनाएर दिउँसो ३ बजे बैठक बस्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 

चितवनमा सम्पन्न एमालेले १०औँ महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण भएको थियो । बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुने छन् ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा सबै जनसंगठनका राष्ट्रिय अधिवेशनरसम्मेलन आयोजनाका विषयमा छलफल हुनेछ । यसअघिको बैठकले फागुन मसान्तभित्र अधिवेशन–सम्मेलनका लागि आआफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ