कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार, भर्चुअल माध्यमबाट बस्ने
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १३ बिहिबार
506
Shares
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १४ गते शुक्रबार बस्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक १४ गते दिउँसो ३ बजे बस्ने भएको हो ।
कार्यसमितिको बैठक भर्चुअल माध्यमद्वारा हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त हुनेछ ।
बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ । बैठक केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा रहनेछ ।