काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री बडूको सचिवालयले जानकारी दिएको छ ।
उनले बुधबार पीसीआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडू आइसोलेसनमा छन् ।
कोरोना संक्रमण प्रधानमन्त्री कार्यालयतदेखि स्थानीय तहसम्म फैलिएको छ । यसअघि केही मन्त्रीहरु संक्रमित भइसकेका छन् । नेपाली कांग्रेस बाहेक शीर्ष दलका अध्यक्षहरुसमेत संक्रमित भइसकेका छन् ।
दैनिक दश हजारको हाराहारीमा संक्रमण थपिएको भए पनि सरकारले उचित व्यवस्थापन गर्न सकेको छैन ।