देशको ७ प्रतिशत जनसंख्या काठमाडौंमा, यी हुन् बढी र कम जनसंख्या भएका ५ जिल्ला
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
2.9k
Shares
काठमाडौं । नेपालको जनगणना २०७८ ले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार काठमाडौं जिल्लामा मात्रै देशको कुल जनसंख्याको झन्डै ७ प्रतिशत मानिस रहेका छन् ।
देशको सबैभन्दा बढी जनसंख्या रहेको जिल्लाका रुपमा समेत रहेको काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५ सय ३२ रहेको छ । जुन देशको कुल जनसंख्याको ६.९१ प्रतिशत हो ।
देशको सबैभन्दा कम जनसंख्या हुने जिल्लामा भने मनाङ रहेको छ । मनाङको जनसंख्या ५ हजार ६ सय ४५ रहेको छ । जुन देशको कुल जनसंख्याको ०.०२ प्रतिशत हो ।
नेपालको जनगणना २०७८ अनुसार यी हुन् सबैभन्दा बढी र कम जनसंख्या रहेका ५ जिल्ला: