arrow

नक्कली नोटसहित धनुषाका दुई युवा पक्राउ

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ माघ ४ मंगलबार
nakkali-note-arrest.jpg

जनकपुर । नक्कली नोटसहित दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको  छ । दुवै जनालाई महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर  ३ मलिवारा स्थित भिठ्ठामोड जलेश्वर सडक खण्डबाट पक्राउ गरेको महोत्तरी प्रहरीले जानकारी दिएको छ । 

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर  ६ बस्ने २६ वर्षीय मोजाहिद रेजा र धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा नम्बर १ बस्ने २३ वर्षीय असरफ मोहम्मद हुन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बा २१ च ६७६१ नम्बरको कारलाई शंकाको आधारमा चेकजाँच गर्दा पछाडिको डिक्कीभित्र रहेको कालोब्यागभित्र बाहिरी पट्टी नेपाली रु  १००० दरको नोट र पछाडि पट्टी नेपाली रु १००० को नोट, एक हजार नोटको साईजको कटिङग गरेको ५ बण्डल पेपर ४ सय ५६ थान, ५ सयको दरको नोट लगायतका नक्कली नोट र कागजात अत्यधिक मात्रामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । 

दुवै जनालाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार मोजाहिद रेजाले जनकपुरधामको पिडारीचौकमा पसल पनि संचालन गर्दै आएका छन् । उनी भारतीय नागरिक भए पनि नेपालकै नागरिकता बनाएकोसमेत पाइएको छ । 

पिडारी चौकमा रेजा मैचिंङ सेन्टर र रेहान कलेक्सन पनि संचालन गर्दै आएको नाम नखोल्ने सर्तमा एक स्थानीयले  बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ