arrow

नक्कली नोटसहित दुई जना महोत्तरीबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
nakkalinote.jpg

महोत्तरी । नक्कली नोटसहित दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । दुबै जनालाई महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ३ मलिवारा स्थित भिठ्ठामोड जलेश्वर सडक खण्डबाट पक्राउ गरेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय मोजाहिद रेजा र धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा नम्बर १ बस्ने २३ वर्षीय असरफ मोहम्द रहेका छन् । 

भारतबाट नेपाल तर्फ आउँदै गरेको बा.२१ च ६७६१ नम्बरको कारलाई शङ्काको आधारमा चेकजाँच गर्दा पछाडिको डिक्की भित्र रहेको कालो ब्याग भित्र बाहिरी पट्टी नेपाली एक हजार दरको नोट र पछाडि पट्टी नेपाली एक हजारको नोट, एक हजार नोटको साइजको कटिङ गरेको ५ व्याण्डल पेपर ४ सय ५६ थान, ५ सयको दरको नोट लगायतका नक्कली नोट र कागजात अत्यधिक मात्रामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिए।

दुबै जनालाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान शुरु गरेको छ । मोजाहिद रेजा जनकपुरधामको पिडारीचौकमा पसल सञ्चालन गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ