arrow

विप्लव माओवादीको दबाबमा भारतीय न्यूज च्यानल बन्द

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
427353035.jpeg
काठमाडौं । विप्लव माओवादीले तिब्र दबाब दिएपछि केबल अपरेटरहरुले शनिवार साँझ ६ बजेदेखि अनिश्चितकालका लागि भारतीय न्यूज च्यानल बन्द गरेका छन् । 

भारतले गरेको अघोषित नाकाबन्दीविरुद्ध आन्दोलन गरिरहेको विप्लव माओवादीले आइतबारको नेपाल बन्द गर्नु अघि शनिवार साँझदेखि भारतीय समाचारमूलक च्यानलमा प्रसारण्मा रोक लगाएको हो । नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले विप्लव माओवादीले भारतीय च्यानल बन्द गर्न दबाब दिईरहेपछि आफुहरुले समाचारमूलक च्यानल बन्द गरेको बताए । ‘हामीलाई तिब्र रुपमा दबाब आयो, जसलाइई सहन सकेनौं,’अध्यक्ष पराजुलीले भने,‘कहिलेसम्म बन्द गर्ने हो केही भन्न सकिँदैन, सरकारले सुरक्षाको प्रबन्ध नगरेसम्म च्यानलहरु बन्द नै हुन्छन् ।’ च्यानल बन्द भएको थाहा भएपछि आफुलाई सरकारीस्तरबाट पनि टेलिफोन आएको पराजुलीले बताए ।  

भारतीय सञ्चारमाध्यमले चाहिँ मधेसमा चलेको तीन महिना भन्दा बढीको आन्दोलनलाई वास्तविक रुपले प्रस्तुत गर्न नसकि नेपालको छवि विगारेको भन्दै भारतीय च्यानल प्रसारणमा रोक लगाएको बताएको छ ।  यसअघि पनि केबल अपरेटरहरुले गत मंसीरमा भारतीय च्यानल केही दिनका लागि बन्द गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ