arrow

पोखरामा आर्मी र एपीएफद्धारा उपाधि कब्जा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २ आइतबार
Volleyball.jpg

पोखरा। त्रिभुवन आर्मी क्लवले राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि उचालेको छ । पोखरामा सम्पन्न फाइनल खेलमा हेल्प नेपाललाई २५-१८, २४-६, २५-१८,२५-१९ को सेटमा पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।

हेल्प नेपाललाई भारतीय राष्ट्रिय खेलाडी अमित कुमार, विनीत कुमार र अप्पभु मुथुसामिसहित नेपाली राष्ट्रिय पुरुष टोलीको बन्द प्रशिक्षणमा परेका धिरज बस्नेत तथा घरेलु प्रतियोगिताका उदयमान खेलाडी नवीन महतोको साथ थियो ।

यसैगरी शनिबार नै सम्पन्न महिलातर्फको फाइनल खेलमा आर्मीलाई एपीएफले २५-२३, २५-१५, २५-२० को सेटमा सहजै पराजित गर्दै उपाधि जित्यो ।

प्रतियोगिताको पुरुषतर्फको विजेता आर्मी र महिलातर्फको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबले समान तीन लाख प्राप्त गर्नेछन् ।

यस्तै, उपविजेता टोली हेल्प नेपाल र महिलातर्फको आर्मीले समान एक लाख ५० हजार प्राप्त गर्नेछन्  ।

प्रतियोगितामा पुरुषतर्फ साविक विजेता गण्डकी प्रदेशसँगै त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) र हेल्प नेपाल स्पोर्टस क्लब र महिलातर्फ साबिक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ, न्यू डाइमन्ड एकेडेमी र टाइगर ग्रुप अफ पोखरा नेपाल सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ