arrow

एमाले उपाध्यक्ष पौडेल पनि संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १ शनिबार
bishnu-poudel.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना भाइरसको महामारी देखिएको छ । शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आउँदा पोजेटिभ अर्थात संक्रमण पुष्टि भएको पौडेलले बताएका छन् ।

संक्रमण पुष्टि भएसँगै पौडेल आइसोलेसनमा बसेका छन् । ‘परीक्षणबाट कोविड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो’, उनले भनेका छन् ।

यसअघि शुक्रबार एमाले महासचिव शंकर पोखरेललाई कोभिड १९ संक्रमण पुष्टि भएपछि उनी पनि आइसोलेसनमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ