arrow

विभिन्न घटनामा संलग्न १६ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ३० शुक्रबार
pakrau9.jpg

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न घटनामा संलग्न रहेका १६ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका १६ जना मध्ये तीन जना वडा प्रहरी कार्यालय र १३ जना जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा ज्यान मार्नेदेखि चोरी डकैती र लागुऔषध ओसारपसारमा संलग्न रहेका छन् । प्रहरीले अहिलेसम्म विभिन्न घट्नामा संलग्न १० जनाको नाम सार्वजनिक गरेको छ भने ६ जनाको अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रहरीले ज्यान कसुरमा सात, लागुऔषधमा एक, आत्महत्या दुरुत्साहन कसुरमा एक र सवारी दुर्घट्ना कसुरमा एक जना पक्राउ गरी सार्वजनिक गरेको छ । 

ज्यानसम्बन्धी कसूरमा छ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

स्याङ्जाको आँधीखोला गाउँपालिका १ कालीखर्क जंगलमा भरुवा बन्दुक लिएर बन कुखुरा मार्न गएका सात जनामध्ये एक जनाको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएपछि छ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा आँधीखोला गाउँपालिका १ का २७ वर्षीय सूर्य भन्ने भीमबहादुर सुनार, सोही ठाउँका १८ वर्षीय सुनिल बिक, २४ वर्षीय दिनेश भन्ने रेवत पौडेल, ३७ वर्षीय धनबहादुर बिकलाई तत्कालै पक्राउ गरिएको थियो ।

यस्तै सोही ठाउँका २४ वर्षीय गोबिन्द भन्ने फुननारायण अधिकारी, २८ वर्षीय साजन कामीलाई रुपन्देहीको बुटवलबाट पक्राउ गरी ज्यानसम्बन्धी कसूर (कर्तब्य ज्यान) मुद्दा दर्ता गरिएको बताए । 

यस्तै, आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक पुरुषलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका १४ लामागे बस्ने ४५ वर्षीया धनकुमारी गिरीलाई आफ्नै श्रीमान् टेकनाथ गिरीले शारीरिक तथा मानसिकरुपमा यातना दिई आत्महत्या गर्न बाध्य तुल्याएको भन्ने जाहेरी परेपछि निजलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए । 

लागुऔषध ओसारपसार गरेको अभियोगमा फेदीखोला गाँउपालिका ४ आरुखर्कका ४३ बर्षीय लक्ष्मी गुरुङ पहारीलाई सर्केटारीबाट गाँजा सहित पक्राउ गरेको जनाएको छ । 

१६ महिने बालकको चक्कु प्रहार गरी मारेको र पाँच वर्षीय बालिकालाई घाईते बनाएको अभियोगमा पर्वतको पैंयू गाउँपालिका ५ घर भई हाल वालिङ १० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङ पक्राउ परेका छन् । 

भीरकोट २ सपौदे सिद्धार्थ राजमार्गमा बुटवलबाट आउदै गरेको ना ५ ख ३८१४ नम्वरको बसले सोही दिशाबाट आइरहेको ग १ ख ९३७४ नम्वरको बसलाई ठक्कर दिदा पाँच जना घाईते भएका थिए ।

घाईतेमध्ये ३ जनालाई पोखरा थप उपचारका लागि पठाइएको छ भने २ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । ना ५ ख ३८१४ नम्वरको बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ