arrow

शाहीको निधनप्रति सभापति देउवाबाट समवेदना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २९ बिहिबार
nepali-congress-flag.jpg

काठमाडौं । नेपाली कांग्रेस दैलेखका महाधिवेशन प्रतिनिधि एवं नेपाली कांग्रेस जिल्ला कार्यसमिति दैलेखका पूर्व उपसभापति कर्णबहादुर शाहीको निधनप्रति पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । शाहीको दैलेखका नारायण नगरपालिका १ स्थित आफ्नै घरमा आज बिहान निधन भएको थियो । 

२००५ साल जेठ १५ गते जन्मिएका शाही २०४९ र २०५४ सालको स्थानीय तहको निर्वाचनमा बाँसी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । 

सभापति देउवाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदन प्रकट गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ