कोरोनाको डरले जाग्यो सिंहदरबार, पुराना पास सबै खारेज
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २८ बुधबार
914
Shares
तस्बिर– फाइल
काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक बढिरहँदा गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले बुधबारदेखि सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू गरेको जनाएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाले बुधबार एक सूचना जारी गर्दै देशको प्रमुख प्रशाशनिक निकाय सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग लगायतबाट हालसम्म जारी भएका सबै प्रकारका पास खारेज गर्ने उल्लेख गरिएको छ ।
साथै अब आवश्यकता बमोजिम गृह मन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै पास जारी गर्नेलगायत ६ बुँदे नियम लागू गरिएको छ । पत्रकारलाई भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिने सूचनामा जनाइएको छ ।