उपत्यकामा नयाँ आदेश जारी, घरबाहिर निस्किँदा मास्क अनिवार्य (सूचीसहित)
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
1.1k
Shares
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै काठमाडौं उपत्यकाका तीनै जिल्लाहरूले नयाँ आदेश जारी गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले अलग अलगरुपमा नयाँ आदेश जारी गरेका हुन् ।
तीन वटै जिल्लाका आदेशमा घरबाहिर निस्किँदा मास्क अनिवार्य रूपमा लगाउन निर्देशन दिइएको छ । मङ्गलवार राति १२ बजेदेखि अर्को सूचना जारी नहुञ्जेलका लागि जिल्ला प्रशासन कार्यालयले यस्तो आदेश जारी गरेका हुन् ।