arrow

७० मत खसाल्न तीन घण्टा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
270250602_2187517591402347_3961337648641934415_n.jpg.jpg

अछाम । नेकपा एमाले अछामको आठौँ अधिवेशनमा मतदान प्रक्रियामा निकै ढिला भएको छ। बिहान ९ बजे सुरू भएको मतदानमा तीन घन्टामा ७० मत मात्रै खसेको मतदान अधिकृत कृष्णप्रसाद ढुंगानाले जानकारी दिए । 

बिहान ९ बजेदेखि लाइन लागे पनि मतदान गर्न सकस भएको मतदता सीता कुँवरले बताइन् । आयोजक कमिटीले मतदान स्थान व्यवस्थित नबनाएका कारण ढिलाइ भएको मतदाताहरूको गुनासो छ । 

यहि गतिमा मतदान भए सबै मतदाताले मतदान गर्न तीन दिन लाग्नेछ। मतदान प्रक्रियालाई चाडो गर्न भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य अछाम जिल्ला ईन्चार्ज झपट बोहरा, अध्यक्षका उम्मेदवार प्रकाश शाह, चन्द्र बोहरा मतदान स्थल मै पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ