arrow

कांग्रेस नेता शंकर भण्डारीले भने: पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
shankar-bhandari.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्नेहरु आफैं समाप्त भएर जाने प्रतिक्रिया दिएका छन् ।

उनले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्ने माग पनि अगाडि बढाएका छन् । मंगलबार विहान सामाजिक संजालमार्फत शुभकामना सन्देश दिंदै भण्डारीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको महत्त्वपूर्ण योगदान रहेको भन्दै उनको सम्मानमा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने उनको माग छ ।

उनले लेखेका छन्,‘हामीलाई विशाल नेपाल दिने महानपुरुष पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन के कारण कठिन भएको छ ? राष्ट्रिय एकता दिवस मनाउन हामी किन हिच्किचाउँदै छौं?  जसले सबै जातजाति र धर्मका बीचमा एकता कायम गरायो उसैको सम्मान गर्न किन डराएका छौं ? हामीले आज आफैंलाई प्रश्न गर्नुपर्ने समय आएको छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ