arrow

सभा सम्मेलन स्थगित गर्दै स्वास्थ्य मापदण्ड ख्याल गर्न अध्यक्ष नेपालको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
madhav-kumar-nepal-ncp-socialist.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कोरोना संक्रमण बढेको भन्दै सजकता अपनाउन आग्रह गरेका छन् ।

सोमबार साँझ एक सन्देश प्रवाह गर्दै पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरु योजना गर्दा एवं सहभागी हुँदा स्वास्थ्य मापदण्ड ख्याल गर्न अनुरोध पनि गरेका छन् ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा सहभागी हुँदा न्युनतम स्वास्थ्य मापदण्ड पालना गर्दा थर्मलगनको प्रयोग गरी तापक्रम मापन गर्न, नाँक, मुख र चिउँडो छोपिने गरी माक्सको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन पनि गरेका छन् ।

त्यस्तै सार्वजनीक स्थानमा अनावश्यक भिडभाड नगर्न तथा संक्रमण दर बढिरहेको कुरालाई दृष्टिगत गर्दै पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा तोकिएका व्यक्ति मात्र सहभागीहुने व्यवस्था गर्न/गराउन निर्देशन पनि दिएका छन् ।

संक्रमण दर बढ्न नदिन सरकारले जारी गरेका निर्देशनहरु कडाइका साथ पालना गर्न/गराउन अध्यक्ष नेपालले निर्देशन दिएका छन् । अध्यक्ष नेपालले धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरु हाललाई स्थिगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपनाउन समेत निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालले एक पटक पनि कोराना भाइरस विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका व्यक्तिहरुलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध पनि गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ