arrow

झारफुक गर्न गएकी बालिकाको मृत्यु भएपछि माता पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
gharfuk.PNG

काठमाडौं । झारफुक गर्ने क्रममा बालिकाको मृत्यु भएपछि माता भनिने उमा शाही ठाकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।  

बालिकाको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका-१ रानीवन पानीट्याङ्की नजिक घर भाडामा लिई बस्ने माता भनिने ४८ वर्षीया उमा शाही ठाकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

 भक्तपुर मध्यपुर ठिमी बस्ने सिन्धुपाल्चोक घर भएकी १४ वर्षीया बालिका ठकुरीको झारफुक गर्ने उक्त घरमा शनिवार बिहान बेहोस भएकी थिइन् । उनको उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा मृत्यु भएको थियो ।  

बालिकालाई उनकै आमाले २२ दिन पहिले उपचारका लागि उक्त घरमा ल्याई छोडेको महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले गरेको अनुसन्धानमा खुलेको छ ।   

ठकुरी उपर कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ