arrow

दश राष्ट्रका शान्तिसेनाका गणमध्ये नेपालको बर्द बहादुर सर्वोत्कृष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
shanti-sena-nepal-bardabahadur.jpg

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ युनिफिल मिसन लेबननमा तैनाथ श्री बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फा सर्वोत्कृष्ट हुन सफल भएको छ । उक्त मिशनमा तैनाथ अन्य १० राष्ट्रका गणहरुमध्ये बर्द गण सर्वोत्कृष्ट हुन सफल भएको नेपाली सेनाले जनाएको छ । 

श्री बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फामा कार्यरत नेपाली शान्ति सैनिकहरुले आफ्नो जिम्मेवारी इलाकामा गरेको उत्कृष्ट योगदानको कदर स्वरुप युनिफिल हेड अफ मिसन–फोर्स कमान्डर मेजर जनरल स्टेफानो डेल कोलले गत पुस २२ गते फोर्स हेडक्वार्टर, नाकुरामा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त गणका गणपतिलाई उत्कृष्टताको प्रतीक तथा प्रशंसापत्र प्रदान गरे । 
 
उक्त गणले मिशन इलाकामा तैनाथ भएदेखि नै कोभिड–१९ को चरम मार खेपिरहेको आफ्नो जिम्मेवारी क्षेत्रको आठ वटै पालिकाहरुमा कोभिड किट वितरण तथा विभिन्‍न समयमा नगरपालिकाहरुमा वृक्षारोपण, ऐतिहासिक किल्लाको संरक्षण र सम्वर्द्धन, गुणस्तरीय डेण्टल सेवा, विद्यालयहरुमा स्टेशनरी वितरण, महिला स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम, सार्वजनिक पार्क तथा बगैचाहरुको मर्मत सम्भार जस्ता प्रभावकारी जनहितका कार्यक्रमहरु संचालन गर्नुको साथै स्थानीय व्लिदा नगरपालिकामा नेपाली 
सेनाको हालसम्मकै ठूलो लगानीमा ‘कृषि पोखरी तथा सार्वजनिक बगैचा’ निर्माण सम्पन्‍न गरेको थियो । 

यसका अलावा उक्त गणले लेवनान र एजरेलको सीमा क्षेत्रमा फैलिएको जैतुन खेतीको बाली भित्र्याउँदाको दौरान विगतको अनुभवबाट पाठ सिक्दै संभावित जोखिमलाई कम गर्न स्थानीय निकाय, लेवनानी सशस्त्र बल तथा अन्य सरोकारवाला निकायहरुसँग अर्थपूर्ण समन्वय र सहकार्य गरी मिशनको इतिहासमै पहिलो पटक जैतुन बाली भित्राउने कार्यलाई तनावरहित वातावरणमा सुरक्षित र शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोसमेत नेपाली सेनाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ