arrow

महाधिवेशनको तिक्ततालाई बिर्सौं, कांग्रेसलाई पहिलो पार्टी बनाऔं: सभापति सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
doti-party.jpg

डोटी । नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्र बहादुर सिंहले तीनै तहको निर्वाचन नजिकै आइसकेकाले कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

प्रदेश सभा क्षेत्र(ख)निबर्तमान कार्यसमितिको बिदाइ तथा नयाँ कार्यसमितिको स्वागत कार्यक्रममा बोल्दै सभापति सिंहले अब नेता कार्यकर्ता सबैले महाधिवेशनको तुषलाई बिर्सेर नजिकिदै गरेको निर्बाचनमा केन्द्रीत हुनुपर्ने बताए हुन्

कम्युनिष्टहरुले मुलु्कको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरा दुई तिहाइ मत पाएर पनि सरकार सञ्चालन गर्न असफल भएपछि सिद्ध भैसकेकोले अब देशको नेतृत्व कांग्रेसले मात्र गर्न सक्ने बताए। देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउन कांग्रेसको नेतृत्व जरुरी रहेको उनको भनाइ छ ।

त्यस्तै कार्यक्रममा बोल्दै कांग्रेस सुदुर पश्चिम प्रदेश सदस्य प्रेमा श्रेष्ठले अब नेपालमा कांग्रेसको बिकल्प नभएको बताइन् । दुई तिहाई पाउँदा समेत कम्युनिष्टले देश चलाउन नसकाले अब कांग्रेसमय बनाउन सबै लाग्नुपर्ने बताइन् ।

त्यस्तै कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि तथा शिखर नगर पालिकाका नगर प्रमुख सिताराम जोशी, महाधिवेशन प्रतिनिधि तथा केआइसिंह गाउँ पालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही, महाधिवेशन प्रतिनिधि तथा शिखर नगर उपप्रमुख धौलीदेवी रालव, महाधिवेशन प्रतिनिधि रामचन्द्र राणाले जनताले कांग्रेसलाई पर्खि रहेकाले अब एक ढिक्का भएर अघि बढ्नुको विकल्प नभएको बताए । कार्यक्रममा कांग्रेस डोटी क्षेत्र(ख)का क्षेत्रीय सभापति भैरब साउदको सभापतित्वमा भएको कार्यक्रममा नेताकार्यकर्ताको उपस्थिति रहेकोे थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ