arrow

कांग्रेसलाई सबल र सक्षम बनाउन सबै सक्रिय हुनुपर्छः सभापति पन्थी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
congress-gulmi.jpg

गुल्मी । नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले कांग्रेस पार्टीलाई सबल र सक्षम पार्टी बनाउन सबै सक्रिय हुनुपर्ने बताएका छन् ।

कांग्रेस रेसुङ्गा नगरपालिका वडा नं १० को वडा कार्यालय उद्घाटन गर्दै सभापति पन्थीले नेपाली कांग्रेसलाई सबल, सक्षम र गतिशील पार्टी बनाउन सबै तहका समितिहरू सक्रिय हुनुपर्ने बताएका हुन् ।

‘मुलुक संघीयतामा प्रवेश गरेसँगै कांग्रेसको विधानले यतिबेला सबै नेतैनेता भएका छौं’, पन्थीले भने, ‘यसलाई सबैले कर्ममा रुपान्तरण गरेर पार्टीलाई बलियो बनाएर गुल्मीमा कांग्रेसलाई तीनै तहको निर्वाचनमा जिताउनुपर्छ।’ पार्टी बलियो भएमा मात्र सबैले अवसर पाउने भन्दै निर्वाचनमा जित्नको लागि सबै सक्रीय भएर लाग्नुपर्ने पन्थीले बताएका थिए । 

त्यस्तै लुम्बिनी प्रदेश सदस्य विष्णु कुमारी सापकोटा, क्षेत्रीय सभापति एवम् सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, क्षेत्र नम्बर १ को प्रदेश (ख)सभापति हरिप्रसाद अर्याल र रेसुङ्गा नगरपालिकाका सभापति जयश्वर पन्थीले सबै एकताबद्ध भएर अगाडि बढ्न सबैलाई आग्रह गरेका थिए ।

आम जनताका माझ सबै मिलेर पुग्नुपर्ने बेला आएको भन्दै सबै तहका नेता कार्यकर्ता एक भएर जनताको बीचमा जानुपर्ने बताइएको छ । कार्यक्रममा बोल्ने वक्ताले अबको एउटै उद्देश्य सबैलाई एक बनाएर काँग्रेसलाई जिताउनु रहेको बताएका छन् । 

कार्यक्रममा जिल्ला नेपाली कांग्रेस गुल्मीका उपसभापति अनन्तराम पौडेल, जिल्ला सचिव भगत सिंह खड्का र सचीव जगदीश भट्टराई, सह(सचिव छविलाल पाण्डे, सदस्य सीता देवी पाण्डे, निर्वाचन क्षेत्र १ (ख)का सभापति सन्तोष गौतम, नेपाल शिक्षक संघका उपमहासचिव तथा महासमिति सदस्य धना भण्डारी, निर्वाचन क्षेत्र १ (ख)का प्रदेश सचिव कृष्णप्रसाद पाण्डे, क्षेत्रीय सहसचिव डिल्लीराज पाण्डे लगायतको उपस्थित रहेको थियो । कार्यक्रम वडासभापति रामप्रसाद पाण्डेको सभापतित्वमा संचालन भएको कार्यक्रम वडा सचिव बिष्णु अर्यालले संचालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ