arrow

एमाले पाल्पा अध्यक्षमा घिमिरे 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
dhanendra-raj-ghimire-uml-palpa.jpg

पाल्पा । नेकपा एमाले पाल्पा जिल्ला अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन भएका छन् । शुक्रबार राति सकिएको जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।

अधिवशनबाट उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल चयन भएका छन् । सहसचिवमा टीका थापा र सुनिता शर्मा छानिएका छन् । लुम्बिनी प्रदेशका अन्य जिल्लाको भने अधिवेशन जारी छ । 

रुपन्देहीमा शुक्रबारदेखि सुरु भएको अधिवेशनले शनिबार नेतृत्व चयन गर्ने सम्भावना छ । सर्वसम्मत नेतृत्व चयन गरी अधिवेशन टुंग्याइने एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ