कोरोना बढेपछि सरकार झस्कियो, प्रधानमन्त्री देउवाले बोलाए सीसीएमसीको बैठक
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
990
Shares
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठक बोलाएका छन् । कोरोना भाइरसको महामारी ह्वात्तै बढेपछि देउवाले सीसीएमसीको बैठक बोलाएका हुन् ।
धेरै महिनापछि आज एकैदिन ९६८ जना कोरोनाका संक्रमित थपिएका छन् । त्यसैगरी आजमात्रै २४ जना कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित प्रमाणित भएका छन् । विश्वमा लगातार दोस्रो दिन २५ लाख भन्दा बढी संक्रमित थपिएसँगै नेपाल पनि अछुतो हुन सकेको छैन ।
त्यस्तै भारतमा समेत तेस्रो लहर फैलिँदा नेपालमा पनि संक्रमित बढ्दै गएका छन् ।
नेपालमा पनि छिट्टै तेस्रो लहर फैलिने अनुमान भइरहेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह तथा वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेत लगायत सहभागी भएका छन् ।