arrow

२६ एसएसपीको सरुवा, पोखराका बोहरा प्रहरी प्रधान कार्यालयमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
SSP Bharat Bahadur Bohora.jpg

पोखरा । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका पोखराका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराको सरुवा भएको छ । उनलाई प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा सरुवा गरिएको हो । उनको स्थानमा एसएसपी डिल्लीराज पन्त आउने भएका छन् । उनी यसअघि राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबारमा कार्यरत थिए ।  

बोहरा र पन्तसहित सरकारले नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । विहीबार गृहमन्त्री बालकृष्ण खाणले २६ जना एसएसपीको सरुवा गरेका हुन् । 

जसमा उमेशराज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सुरुवा गरिएको  छ भने चक्रबहादुर विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन महाशाखाबाट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत पठाइएको छ ।

 यस्तै श्यामलाल ज्ञवालीलाई विपद व्यवस्थापन कार्यालय सामाखुसी, बसन्त बहादुर कुँवरलाई अपराध अनुसन्धान कार्यालयमा, चन्द्र कुवेर खापुङलाई अपराध अनुसन्धान विभागमा, नलप्रसाद उपाध्यायलाई केन्द्रीय अनुसन्धान ब्यूरो उपप्रमुख नक्सालमा सुरुवा गरिएको छ ।

भीमप्रसाद ढकालको अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा हुँदा राजेशनाथ बास्तोलाको भने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ । 

दुर्गा सिंहको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा भएको छ भने पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ